015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

चिरायु नेशनल हस्पिटलले अत्याधुनिक सेवा सुविधा सहितको अपथाल्लमोलोजी विभाग विस्तार

Feb 14 2024

Image

बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एंड मेडिकल इंस्टीट्यूटले मङ्गलबार अत्याधुनिक सेवा सुविधा सहितको अपथाल्लमोलोजी विभाग विस्तार गरेको छ |अस्पातलले पहिले देखि नै आखाँको परामर्श प्रदान गरिरहेको भए पनि मङ्गलबार देखि भने उच्च प्रविधि सहितको अपथाल्लमोलोजी विभाग उदघाटन गरेको हो |

 

वरिष्ठ आँखा विषेशज्ञ डा. संयम बजीमायाको नेतृत्वमा सञ्चालन हुने भनिएको अपथाल्लमोलोजी सेवा मङ्गलबार डा. संयम सँगै अस्पतालको मेडिकल डाइरेक्टर प्रा. डा.उत्तम कुमार शर्मा लगायतले रिबन काटेर उदघाटन गर्नु भएको हो |

 

यो सँगसँगै अब सेवाग्राहीले बिना कुनै झन्झट ,आँखा सम्बन्धी परामर्श लिनुका साथै रेटिनोप्याथि सेवा लाभ पनि लिन सक्ने छन् | अस्पतालले प्रविधिको भरपुर प्रयोग गर्दै विभागमा टेलि कन्सल्टिङ प्रविधि समेत सुचारु गर्ने जानकरी यसै अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर बसन्त खनालले जानकारी दिए |

 

सय बेड क्षमता रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले गएको एक दशक देखी उत्कृष्ट र भरपर्दो सबै खाले उपचार सेवा प्रदान गर्दै आएको छ ।