Apr 27 2024
चिरायु नेशनल हस्पिटल एंड मेडिकल इंस्टीट्यूट र टोखा नगरपालिका -०३ को संयुक्त आयोजनामा पुरुषहरुको प्रोस्टेट क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर मिति २०८१/०१/१५ गते शनिबार सञ्चालन गरिएको छ |टोखा नगरपालिका ०३ नंं वडा कार्यालय अवस्थित टोखा सरस्वती स्वास्थ्य चौकीमा बिहान ०८ बजे देखि ०४ बजे सम्म संचालन भएको शिविरमा करीब २०० टोखा नगरवासी सेवाग्राहिले निःशुल्क प्रोस्टेट परीक्षण गराएका छन् |
वरिष्ठ युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण चिकित्सक प्रा.डा उत्तम कुमार शर्माको नेतृत्वमा संचालन भएको क्याम्पमा निःशुल्क PSA Test, Digital Rectal Examination (DRE), Urine Routine , तथा रेडियोलोजिस्ट डा. आशिष बहादुर सिंह द्वारा निःशुल्क video x-ray (USG) pani गरिएको थियो | उमेर बढ्दै गए सँगै धेरै पुरुषहरूमा प्रोस्टेटको समस्या देखिने गरेको र समय मै यसको पहिचान गरेर उपचार विधि अपनाउन सकेमा यसलाई निर्मूल गर्न सकिने जानकरी चिरायु नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट प्रा.डा उत्तम कुमार शर्माले जानकारी दिनुभयो |
उक्त क्याम्पमा उपस्थित सेवाग्राहीहरुलाई थप उपचार गर्नुपरेमा चिरायु नेशनल हस्पिटलले सहुलित रकममा छुटको व्यवस्था पनि गरेको जानकरी यसै हस्पिटलका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारीले दिनुभयो | यस स्वास्थ्य शिविरलाई सफलतापूर्वक समापन गर्न चिरायु हस्पिटल व्यस्थापन तर्फ बाट नवराज भुजेल र बसन्त खनाल सँगै टोखा सरस्वती स्वास्थ्य चौकीका प्रमुख संजीव कुमार पटेलको महत्त्वपूर्ण भूमिका रहेको थियो |
त्यस्तै टोखा नगपालिका वडा नं ०३ को वडा अध्यक्ष रमेश डंगोलज्यूले चिरायु नेशनल हस्पिटलले देखाएको सहयोग प्रति आभार ब्यक्त गर्दै नगरवासीहरुको स्वास्थलाई ध्यानमा राखी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो |