Mar 06 2024
काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लीले वि.सं २०७० सालदेखि विभिन्न स्वास्थसेवाहरू दिँदै आएको छ । वि.सं २०७८ देखि हस्पिटलले डायलिसिस उपचार सेवा दिँदै आएको हो ।
बिरामीहरूको राम्रो हेरचाह गर्नु र उत्कृष्ट उपचार सेवा दिनु नै हस्पिटलको मुख्य उद्देश्य हो । सुरुमा दुईवटा निप्रो ५५ प्लस मेसिनको साथ डायलासिस सेन्टर सुरु गरेको यस हस्पिटलले हाल आठ मेसिनसहित डायलासिस उपचार गरिरहेको छ ।हस्पिटलमा डायलासिस बिरामीहरूका लागि १० बेडहरू राखिएका छन् ।
चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लीका कार्यकारी निर्देशक हिमाल रानाका अनुसार दैनिक २२ देखि २३ डायलासिस बिरामीहरू चिरायु हस्पिटलमा उपचारका लागि आउने गर्दछन् । उनका अनुसार मासिक ४५० डायलिसिस सत्रहरू सञ्चालन हुने गर्दछन् ।
काठमाडौं धापासीका स्थानीय संगीता श्रेष्ठले अस्पतालको उपचारसेवा र कर्मचारीको व्यवहार एकदमै राम्रो लागेको बताइन् । उनले हस्पिटलको सुरुवाती दिनदेखि नै आमाको उपचार गराउँदै आएकी बताइन् ।
पूरा समाचार पढ्न यहाँ थिच्नुहोस्