Apr 12 2025
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
पाली नयाँ वर्ष २०८२ तथा ऐतिहासिक सांस्कृतिक पर्व बिस्केट जात्रा को अवसरमा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले टोखा नगरपालिका वडा नम्बर ३ सँगको सहकार्यमा दुई दिने विशेष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। यो शिविर वैशाख १ र २ गते टोखा नगरपालिका वडा नं. ३ मा सञ्चालन गरिनेछ।
स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिँदै आएको चिरायु नेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायलाई लक्षित गर्दै यस्ता शिविरहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। प्रारम्भदेखि नै चिरायुले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ, जसले हजारौं नागरिकहरूलाई लाभ पुर्याएको छ।
यस वर्षको शिविरलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले *टोखा नगरपालिका वडा नं. ३ सँग सहकार्य गरिएको हो। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श, रक्तचाप, मधुमेह जाँच, , साथै स्वास्थ्य तथा जीवनशैली सम्बन्धी परामर्श सेवा निःशुल्क प्रदान गरिनेछ।
यस किसिमका प्रयास सधैं समुदायसँग जोडिने र उनीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ केन्द्रित रहन्छ। नयाँ वर्ष र बिस्केट जात्राको अवसरमा आयोजना गर्न लागिएको यो शिविरले स्थानीय बासिन्दाहरूलाई सहज र निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्याउने विश्वास अस्पतालको लिएको छ |
शिविरमा अनुभवी चिकित्सक, नर्स, र स्वास्थ्यकर्मीहरूको टोली खटिनेछ, जसले गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ। साथै, स्वास्थ्य चेतना अभिवृद्धिका लागि विभिन्न जानकारीमूलक सामग्री तथा परामर्श पनि दिइनेछ।
यो शिविर स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका सबैका लागि खुला हुनेछ। सहभागी हुन चाहनेहरूले तोकिएको स्थानमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उपस्थित हुन सक्नेछन्।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट
बसुन्धरा, काठमाडौं
०१-५९०२८८८, ५९०५८८८