Nov 07 2023
काठमाडौं, २१ कात्तिक । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले मङ्गलवार डायबेटिज सेन्टरको उद्घाटन गरेको छ । अस्पतालले पहिला देखी नै डायबेटिज उपचार सेवा प्रदान गर्दै आएको भए पनि मङ्गलवार देखी डायबेटिज सेन्टर युनिट नै स्थापना गरेर उद्घाटन गरेको हो ।
वरिष्ठ जेनेरल फिजिसियन एवं डायबेटोलोजिस्ट डा.अजय प्रधानको नेतृत्वमा सञ्चालन हुने डायबेटिज सेन्टरको मङ्गलवार डा. प्रधान सँगै अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. उत्तम कुमार शर्मा लगायतले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा डा. प्रधानले मधुमेह रोगको हालको अवस्था, तथ्याङ्क र यसका समाधानका उपायको बारे बताउनु भएको थियो ।
डायबेटिज सेन्टरको स्थापना भए सँगै मधुमेहका बिरामीहरूले अब बिना कुनै झन्झट सहज तरिकाले उत्कृष्ट सेवा पाउने अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर वसन्त खनालले जानकारी दिनु भयो ।
डायबेटिज सेन्टरमा डायबेटिज विभाग अन्तरगत नै डाइटीसियन परामर्श र अपथाल्मो परामर्श पनि दिइने छ । जसका लागि दक्ष एवं अनुभवी डाइटीसियन र अपथाल्मोलोजिस्ट उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
सय बेड क्षमता रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले गएको एक दशक देखी राम्रो र भरपर्दो सबै खाले उपचार सेवा प्रदान गर्दै आएको छ ।
Source :www.suchanalaya.com
News Souce :https://www.suchanalaya.com/07/11/2023/141835/?fbclid=IwAR1c4RFsa6NOqbJHuen5dl6u5uqr4RTohVP2DXtOFfbvuv_FS4mptfTSf4I