015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

रिलायन्स फाइनान्स र चिरायु हस्पिटलबीच सम्झौता

Oct 04 2023

Image

काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड र चिरायु नेशनल हस्पिटल, बसुन्धारा काठमाडौँका बीचमा स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहक वर्ग, शेयर धनी तथा कर्मचारीहरूले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६-०८-१० मा प्राप्त गरी मिति २०६६-०८-१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ ।