015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

चिरायु हस्पिटल र महानगरीय प्रहरी वृत महाराजगंजको सहकार्यमा निशुल्क स्वस्थ्य शिबिर

Oct 05 2023

Image

चिरायु हस्पिटल र महानगरीय प्रहरी वृत महाराजगंजको सहकार्यमा निशुल्क स्वस्थ्य शिबिर सम्पन्न गरिएको छ | 

काठमाडौं । सवारी दुर्घट्ना न्युनिकरणका लागी हरेक चालक तथा नागरीक जिम्मेवार बनौ भन्ने मुल उदेश्यका साथ ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” सम्पन्न भएको छ । “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” लाई सफल पार्न बिभिन्न बिधालयका शिक्षक तथा बिधार्थीहरु, चालक तथा सहचालकहरु, यातायात ब्यवसायीहरु, वडा तथा नगरपालिका प्रतिनिधीहरु, समाजसेबी ब्यक्तित्वहरु, चिरायु नेशनल हस्पिटल बसुन्धारा टिम, पत्रकार लगायत अन्य सुरक्षाकर्मीहरुले साथ दिएका दिए ।

 

ट्राफिक नियमको बारेमा सबैलाई सचेतना गराउनुका साथै सवारी चालक र पैदल यात्रीहरुले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घट्ना न्युनिकरण गर्न सकिने कुरा प्रहरी नायब उपरिक्षक थापाले जिकिर गरे । “सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” लाई सफल पार्न चिरायु नेशनल हस्पिटल बसुन्धाराले निशुल्क स्वास्थ्य शिबिर गरिदिनुका साथै निशुल्क औषधी बितरण पनि गरेको थियो । निशुल्क स्वास्थ्य शिबिरमा ट्राफिक प्रहरीहरु, चालक तथा सह चालकहरु, बिधार्थी तथा शिक्षकहरु, समाजसेबीहरु लगायत अन्य ब्यक्तिहरुले पनि स्वास्थ्य परिक्षण गराएका थिए ।