015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्ध चिरायु !

Feb 26 2023

Image

काठमाडौंको बसुन्धारामा रहेको चिरायु राष्ट्रिय अस्पताल पछिल्लो समय मानिसहरुको रोजाइमा पर्न सफल भएको छ । कोभिड महामारीको बेलामा उपत्यकाकै सस्तो र गुणस्तरीय अस्पताल भनेर चिनिएसँगै मानिसहरुको रोजाइमा पर्न सफल भएको हो ।
विशेषज्ञ डाक्टरहरुबाट छिटो छरितो तरिकाले चेकजाँच गर्न पाउने हुँदा पनि मानिसहरुको रोजाइमा पर्न सफल भएको चिरायु अस्पतालका बिजेनस डेभलपमेन्ट म्यानेजर हिमाल रानाको भनाई छ ।

गुणस्तरीतामा विशेष ध्यान
कर्पोरेट क्षेत्रका व्यक्तिहरूको संयुक्त लगानीमा सञ्चालन भएको चिरायु अस्पतालले विभिन्न किसिमको सेवा सुविधा दिनका लागि कुनै कसर बाँकी नराखिएको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा नयाँ व्यवस्थापन आएसँगै २०७७ देखि गुणस्तरीय सेवालाई निरन्तरता दिनका लागि दिनरात प्रयासरत छौँ । कोभिड संक्रमण तीव्र गतिमा बढेको बेला पनि उत्कृष्ट सेवा दिन सफल भयौँ ।”

कोभिडका बेला समेत अक्सिजन अभाव हुन नदिएको अस्पतालका म्यानेजर रानाको भनाई छ । अन्य अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचार आइरहँदा हामीले उपत्यका बाहिरबाट ल्याएर भए पनि व्यवस्थापन गर्न सफल भयौँ । कोभिड संक्रमण तीब्र गीतमा फैलिरहेको र अस्पतालले धेरै पैसा असुली गरे भनेर समाचार आइरहेको बेलामा चिरायु अस्पताल उपत्यकाभित्रकै सबैभन्दा सस्तो अस्पातल भनेर चर्चा आएको रानाले दाबी गर्नुभयो ।

विशेषज्ञसहितको सेवा सुविधा
१०० वेड क्षमता भएको अस्पतालले नेपालमा पहिलोपटक ह्यापर एक्यूट सेन्टर पनि चिरायु अस्पतालले सञ्चालनमा आएको थियो । यहाँ हेमोडायलिसिस अहिले बेग्लै युनिटनै राखेर उपचार हुन्छ ।

चिरायु अस्पतालमा नयाँ र गुणस्तरीय सेवा दिनकै लागि मिर्गौलाको उपचारसम्बन्धी हेमोडायलिसिस सेन्टर सञ्चालनमा छ । यहाँ युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा दक्ष चिकित्सक सहितको टिम राखेर हेमोडायलिसिस सेन्टर सञ्चालमा ल्याएको हो ।

युरोलोजी विभागमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणमा सहभागी डाक्टरहरुमध्ये प्रमुख प्रा.डा उत्तम कुमार शर्माको नेतृत्वको टिमले सेवा दिदैँ आएको छ । शर्मा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत हुनुहुन्छ । अर्थापेडिक विभागमा प्रोफेसर डा. दिपक प्रकाश महरा, प्रोफेसर डा. अर्जुनप्रसाद लामिछाने र डा. सुनिलजंग थापा हुनुहुन्छ ।

मनोसामाजिकमा डा. पवन शर्मा र ग्यास्ट्रोमा डा. अनुराग झा हुनुहुन्छ । उहाँहरुको समुहले सञ्चालनमा ल्याएको अलकोहल युनिट जसमा जाँडरक्सी र कुलतमा लागेका र त्यससम्बन्धी रोगका उपचार, परामर्श दिँदै आएको छ । पछिल्लो समय मानिसहरुले अलकोहल युनिट बारे चासो लिने र डाक्टरको परामर्शपछि सन्तुष्टि हुने गरेको अस्पताल स्रोतको भनाई छ ।

अस्पतालले फिजियोथेरापी सर्भिस बिहानदेखि बेलुकासम्म दिने गरेको छ । यस्तै वेलनेस प्याकेजहरू पनि ल्याएको छ । सुलभ दरमा वेलनेस प्याकेज ल्याएको अस्पताको भनाइ छ । चिरायुमा ग्यास्ट्रो इस्नेन्टटाइनल, हाडजोर्नी, नसासम्बन्धी, इन्टरनल मेडिसन र मिर्गौलासम्बन्धी विशेष उपचार गरिन्छ ।
यससँगै अस्पतालले दुखाई व्यवस्थापन इकाइ (Pain Management Unit), सञ्चालनमा ल्याइएको छ । जसमा शरीरको कुनै पनि अंगमा दिर्घकालीन रुपमा हुने दुखाइको आवश्यक परामर्श र उपचारको व्यवस्था रहेको छ ।

बढ्दो डाइबेटिक बिरामीलाई ध्यान दिदैँ आवश्यक उपचार र परामर्शको लागि यसै वर्षदेखि चिरायु डाइबेटिज (Dibetes) सेन्टर पिजिसियन डाक्टर अजय प्रधानको नेतृत्वमा डाइटिसियन र अन्य चिकित्सकहरुको समुह राखेर सञ्चालनमा ल्याइएको छ ।

चिरायु राष्ट्रिय अस्पतालको निर्देशक (Hospital Director) मा सञ्जीव राजभण्डारी र सञ्चालन निर्देशक (Operation Director) मा चण्डेश्वर नन्दराज वैद्य रहनुभएको छ ।

विभिन्न संस्थासँग छुट सम्बन्धी सम्झौता
अस्पतालले विभिन्न संघ संस्थासँगै विशेष छुटसम्बन्धी सम्झौता गरी शुलभ दरमा उपचारको समेत व्यवस्था गरेको छ । अस्पतालले बैंक तथा वित्तिय संस्था, गैरसरकारी संस्था, शिक्षण संस्था, विभिन्न प्रतिष्ठान गरी पचास भन्दा बढी संस्थासँग सम्झौता गरी सेवासुविधामा विषय छुट दिएर सेवा दिइरहेको छ । यस्तो गतिविधिलाई संस्थाले आक्रामक रुपमा अगाडि बढाएको छ ।

दैविक प्रकोप भएको बेला सक्रिय सहभागिता
अस्पतालले छुटसम्बन्धी सम्झौता गरेर मात्रै होइन देशभित्र आएका दैविकप्रकोपमा सामाजिक उत्तरदायित्व अन्र्तगत विशेष सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ । उक्त समयमा निःशुल्क स्वास्थ्य चेक जाँच गर्नुको साथै खाद्यान्न, लताकपडा, औषधी समेत निःशुल्क वितरण गर्ने गरेकोे छ ।
नेपालमा कोभिडको महामारीको समयमा चरायु अस्पताललाई उपत्यकाकै सबैभन्दा सुलभदरमा उपचार गरेको भनेर राम्रो चर्चा पाएको थियो । उक्त समयमा अन्य अस्पतालले अक्सिजन र बेडको समस्या देखाएर बिरामीहरुलाई पन्छाइरहेको बेला विरगन्ज, पोखराबाट समेत अक्सिजन मगाएर सेवा दिएको थियो । त्यतिबेला पैसालाई भन्दा सेवालाई प्राथमिकतामा दिएर काम गरेको अस्पतालका बिजेनस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले कालीगण्डकी खबरडटकमलाई बताउनुभयो ।

कोभिड महामारीको बेलामा मात्रै होइन भुकम्पको बेलामा समेत अतिप्रभावित क्षेत्रका बासिन्दाको उपचार निःशुल्क गर्नेदेखि लिएर राहत वितरण गर्नेसम्मको कामहरु अस्तालले गरेकोे थियो ।

आगामी योजना
अस्पतालले आगमी दिनमा सेवासुविधालाई विस्तार गर्दै नर्सिङ कलेज सञ्चालन गर्ने योजना बनाएको छ । स्त्री तथा बाल रोगसम्बन्धी छुट्टै युनिट सञ्चालन गरी नयाँ नयाँ उपकरणहरु थप गर्दै प्रविधि मैत्री अस्पताल बनाउने र अहिले गर्दै आएको सामाजिक उत्तरदायित्वलाई निरन्तर दिँदै यसलाई अझै बढाउँदै लैजाने योजना बनाएको छ ।

सेवालाई विकेन्द्रीकरण गर्ने र बिरामीको घरदैलोमै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ विभिन्न ठाउँहरुमा सेवासुविधालाई विस्तार गर्ने तयारी गरिरहेको बिजेनस डेभलपमेन्ट म्यानेजर रानाको भनाई छ ।