015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

चिरायु नेसनल हस्पिटल र एन.एफ.एच इभेन्टस प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता

Mar 12 2023

Image

काठमाडौं, २६ चैत । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि र एन. एफ. एच इभेन्टस प्रा.लि.बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बिहीबार एक कार्यक्रमबीच हस्पिटलको तर्फबाट निर्देशक सन्जिवराज भण्डारी र एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धर बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

छुटसम्झौतापछि एनएफएच इभेन्टस प्रा.लि. का सदस्य र उहाँको घरपरिपरिवारलाई हस्पिटल उपचार गर्दा विशेष छुट पाउने चिरायु नेसनल हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले जानकारी दिनुभयो ।

एनएफएच इभेन्टस प्रा.लि. ले लामो समयदेखि काठमाडौंमा हुने मिस नेवा प्रतियोगिता लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ ।

काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

Source :https://kaligandakikhabar.com/archives/128634