015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

चिरायु हस्पिटल र राष्ट्रिय संगीतकर्मीसंघबीच छुटसम्बन्धी सम्झौता

Feb 01 2023

Image

काठमाडौं, १० चैत । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि र राष्ट्रिय संगीतकर्मीसंघबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी हस्पिटलको तर्फबाट अध्यक्ष हेम बहादुर गुरुङ र राष्ट्रिय संगीतकर्मी संघको तर्फबाट केन्द्रीय अध्यक्ष विक्रम जङ शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको चिरायु नेसनल हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले जानकारी दिनुभयो ।

छुटसम्झौतापछि राष्ट्रिय संगीतकर्मीसंघमा आबद्ध सदस्यहरुलाई हस्पिटल उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

त्यसैगरी उक्त कार्यक्रममा हस्पिटलले बिशिष्ट कलाकारहरुलाई उच्च सम्मान गर्दै संघको सिफारिसमा विशेष सहुलियत भएका Privilege card वितरण गरेको छ ।

हस्पिटलले उक्त कार्ड संघका संस्थापक अध्यक्ष घमेश दुलाल, पूर्व अध्यक्षहरु रेशम थापा र नवराज घोरासैनी, निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की, संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, सहसचिव आशा लामा ज्ञान माला, केन्द्रिय सदस्यहरू वरिष्ठ गायक यम बराल र शंकर ढकाललाई वितरण गरेको छ ।

काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

Source :https://kaligandakikhabar.com/archives/128290